Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

नक्कली ‘सुन’ देखाएर ठगी गर्ने पाँचजना पक्राउ

नक्कली ‘सुन’ देखाएर ठगी गर्ने पाँचजना पक्राउ

  • काठमाडौं । नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ की विनीता थापामगरलाई एक किलो नक्कली ‘सुन’ देखाएका थिए । सुनमा लगानी गर्दा फाइदा हुने आश्वासन दिएर सात लाख ७५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

    थापाले आफू ठगीमा परेको प्रहरीमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई लाख रुपैयाँ नगद र मोबाइल फोन बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij