
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पाल्पामा एक सहकारीबाट पाँच लाखभन्दा बढी रकम चोरी भएको छ । रामपुर नगरपालिका-२ भलायटारस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा तोडफोड गरी चोरी भएको हो ।
कार्यालय खोल्ने क्रममा झ्याल तोड्नुका साथै भल्टमा राखिएको नगद पाँच लाख ४० हजार ४ सय ५५ रुपियाँ चोरी भएको र टेबलका घर्राहरु तोडिएको अवस्थामा भेटिएको सहकारीका व्यवस्थापक प्रेम बहादुर थापाले जानकारी दिनुभयो । कार्यालयमा जडान गरिएको सिसिटीभी क्यामेराको हार्डडिक्स समेत फुकालेर लगेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक शालिकराम खनालले चोरीको घटनाको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij