Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फेसबुकले बाँधिएको जीवन

फेसबुकले बाँधिएको जीवन

  • डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उहाँ २० वर्षकी हुनुभयो । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । 

    images
    images
    images

    उहाँले भन्नुभयो, “फेसबुकले गर्दा लभ प¥यो बिहे पनि ग¥यौँ, तर अहिले समस्या भयो, आफ्नो यस्तो लाई पीडा कसलाई सुनाउनु र ? त्यसैले दुःख सहेरै बसेकी छु ।” आफूले सानै उमेरमा बिहे गरेकोप्रति अहिले निकै पछुतो भएको पीडा उहाँले सुनाउनुभयो । उहाँले गहभरी आँशु निकाल्दै थप भन्नुभयो, “लहैलहैमा लागेर सानै उमेरमा बिहे गरियो, त्यसको परिणम भोग्दै छु ।” 

    त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीका १७ वर्षीय दीपक बोहरा र छिमेकी गाउँकी १४ वर्षीया शर्मिलाबीचको विवाहको मुख्य माध्यम पनि सामाजिक सञ्जाल, फेसबुककै नै हो । यसै माध्यमबाट बालविवाह हुनपुग्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij