Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपालका १२ युवा नेता भारत भ्रमणमा

नेपालका १२ युवा नेता भारत भ्रमणमा

  • काठमाडौं । नेपालका १२ जना युवा नेताले भारतको अब्जरभर रिसर्च फाउन्डेसन (ओआरएफ)को आमन्त्रणमा भारतको भ्रमण शुरू गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एमालेकी सांसद सुनिता बराल, माओवादीका अजयशंकर नायक र रास्वपाका कवीन्द्र बुर्लाकोटीलगायत भारत भ्रमणमा गएका हुन् । 

    images
    images
    images

    प्रतिनिधि मण्डलमा जसपा, जनमत र नेकपा एसका नेताहरू समेत सहभागी छन् । नेपाली भ्रमण टोलीले सोमवार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा गएर पुष्पगुच्छा चढाएका छन् । १० दिने भ्रमणका क्रममा उनीहरू विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । शुक्रवार मात्र नेपालका प्रमुख दलनिकट विद्यार्थी संगठनका नेताहरू नयाँ दिल्ली गएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij