
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको एक घरबाट चोरी भएको छ । ललितपुर महानगरपालिका-१४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट सोमबार दिउँसो ५ लाख बराबरको चोरी भएको हो ।
कोही नभएको अवस्थामा ताल्चा फोडी करिब ४ लाख ९५ हजार बराबरको सुनको गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । हाल फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij