Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सवारी लाइसेन्सको आवेदन अब सहज हुने, कोटा प्रणाली हट्दै

सवारी लाइसेन्सको आवेदन अब सहज हुने, कोटा प्रणाली हट्दै

  • काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन सहज हुने भएको छ । कोटा प्रणालीप्रति सेवाग्राहीहरुले चर्को गुनासो गरेपछि यातायात व्यवस्था विभाग यो प्रणाली हटाउन लागेको हो ।

    images
    images
    images

    अहिले बिहानको समयमा धेरै ट्राफिक भएर सफ्टवेर नै डाउन हुने गरेको छ । अब कोटा सिस्टम हटाउँदै असीमित रुपमा अनलाइन आवेदन दिन मिल्ने व्यवस्था गर्ने तयारी भइरहेकाे छ ।

    उपत्यकामा चारवटा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्‍याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो।

    करिब ९ महिनापछि आवेदन खोल्दा क्षमताभन्दा आधा मात्रै कोटा तोकिएको थियो। भीडभाडका कारण जोखिम हुने भन्दै कोटा तोकिएको हो। तर, दैनिक करिव ८ हजार सम्म आवेदन माग हुने गरेको छ ।

    सरकारले स्वास्थ्य मापदण्ड अपनाउंदै गत पुस १४ गतेदेखि सवारी लाइसेन्स खुला गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij