
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले १७ करोड २१ लाख रुपैयाँ बराबर लाभांश प्रदान गर्नेछ । फर्स्ट माइक्रोफाइनान्ससहित ७ माइक्रोफाइनान्सले हालसम्म लाभांश घोषण गरेका छन् । यसअघि धौलागिरि, सपोर्ट, एनआईसी एसिया, स्वाबलम्बन, आरएसडीसी र युनिक नेपाल लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij