
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाण्डौ। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाजरकोट प्रस्थान गरेका छन् । जिल्ला व्यवस्थापन समितिको बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल सहभागी हुन त्यँहा पुगेका थिए ।
जाजरकोटको रामिडाँडा केन्द्र भएर गत कार्तिक १७ गते भूकम्प गएको थियो । सो भूकम्प पछि अध्यक्ष नेपालको प्रमुख आतिथ्य तथा प्रजिअको अध्यक्षतामा भूकम्प प्रभावित जिल्ला जाजरकोटको सदरमुकाम खलंगामा जिल्ला व्यवस्थापन समितिको बैठक बसेको थियो ।
बैठकमा राजनीतिक दल तथा विभिन्न संघ संस्थाका भनाई र सुझाव प्रस्तुत गरिएको छ । उक्त बैठकमा पूर्व प्रधानमन्त्री नेपालले पनि सम्बोधन गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij