
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका ६ बाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी वनैनियाबाट खटिगएको गस्ती टोलीले स्थानीय भुतनी खोलाबाट २५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको दुई जना व्यक्तिले प्रहरी टोलीलाई देखेर दुई वटा झोला छाडी फरार भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका सूचना अधिकारी डिएसपी मोहनराज विष्टले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले जनाएको छ । हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी विष्टले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij