Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जुम्लामा महिला हत्या आरोपमा युवक पक्राउ

जुम्लामा महिला हत्या आरोपमा युवक पक्राउ

  • काठमाडौं । जुम्लामा बन्चरो प्रहार गरेर एक महिला हत्या घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    images
    images
    images

    कनकासुन्दरी गाउँपालिका– ३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढालाई बन्चरो प्रहार गरेर हत्या गर्ने सोही गाउँका २३ वर्षीय श्याम बुढालाई प्रहरीले शनिबार गिरफ्तार गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टाेली शुक्रबार घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक उमेश चन्दका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर जिल्लामा ल्याएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij