
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ ७० पैसा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij