
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जुम्लामा बन्चरो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउॅपालिका-३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढाको बन्चरो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
'जिल्ला प्रहरी कार्यालय जुम्लादेखि घटनास्थलतिर प्रहरी टोली खटिइसकेको छ,' प्रहरी निरीक्षक चन्दले भने, ‘घटनाको अनुसन्धान गर्ने र हत्यामा संलग्नलाई पक्रेर टोली फर्किने छ ।’
बन्चरो हान्ने श्यामबहादुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् । उनलाई प्रहरीले समातिसकेको प्रहरी निरीक्षक चन्दको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij