
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा समितिको शुक्रबार बसेको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सरकारले गत मङ्सिर ५ गते सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो ।
न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो । सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij