
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रदर्शनमा सम्भावित दुर्घटनालाइ रोक्नका लागि आज ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले आज एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो ।
यतिखेर काठमाडौं उपत्यकाको सडकमा ७ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दैछन् ।
जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका सुरक्षा निकायले जनाएको छ ।
जसका लागि उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीका अनुसार ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij