
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । जावलाखेलस्थित नेवाः भ्वय् छें मा आर्थिक ऐन, २०८० मा भएको कर छुट, सुविधा, दायित्व, सजाय र Integrated Tax System (ITS) बारे अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
१२ औँ राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालय ललितपुर १ र ललितपुर चेम्बर अफ कमर्सले सो कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमका सभाध्यक्ष तथा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्प रत्न शाक्यले विगतका वर्षहरुमा पनि यस संस्थाले यस्ता कर सम्बन्धि कार्यक्रमहरु आयोजना गर्ने गरेको बताए । साथै उनले कर दर भन्दा कर दायरा बढाउनुपर्ने कुरालाई जोड दिए ।
'स्वच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार' भन्ने नारासहितको सो कार्यक्रममा उनले कर दायरा बढाउन सके आर्थिक कारोबार स्फुर्त रुपमा चलायमान हुने बताए । त्यस्तै नियमित रुपमा कर तिरिरहेका व्यवसायीहरुलाई सामाजिक न्याय स्वरुप विद्युत, टेलिफोन, इन्टरनेट आदिमा विशेष छुटको व्यवस्था हुनुपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij