
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । दुवै मिर्गौलाले काम नदिने अवस्थामा पुगेपछि जीवन मरणको अवस्थामा पुगेका युवराज महते आफ्नो जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् । कलिलै उमेरमा मिर्गौलाले काम गर्न छाडेदेखि ३ वर्ष देखि निरन्तर डाइलोसिस गर्दै आएका उहाँ रकम अभावले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताउनुभयो ।
तत्काल खर्च जुटाउन सके आफ्नै बुवा चन्द्रबहादुर दर्जी मिर्गौला दिने निर्णयमा पुगेका छन् । प्रत्यारोपण गर्न करिब १२ लाख रुपियाँसम्म खर्च लाग्ने अस्पतालले बताएपछि आफूहरू खर्च अभावले छटपटिएको बुवा चन्द्रबहादुरले बताउनुभयो । छोराको जीवन बचाइदिन उहाँले सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो ।
उहाँका लागि ९८४२३३५३१० नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij