
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश दिने निर्णय गरेको हो । । बैंकले गत आ.व.को नाफाबाट १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि यो प्रस्ताव सेयरधनीले पाउनेछन् । मंसिर २३ गतेका लागि बैंकले वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij