
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट कुल९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हाल चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रहेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।
यस वर्ष बैंकले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij