
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्चले भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला सुनाएको हो ।रिगललाई आममाफी दिएकोविरुद्ध नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन् ।
अदालतले चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर गरी जन्मकैद फैसला गरेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij