
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । गोदावरी नगरपालिका–४ बडिखेल धनेश्वर मन्दिर नजिक बस्ने राम प्रकाश घिमिरेको टहरोमा चोरी भएको छ ।
आइतबार दिउँसो कोही पनि नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर विभिन्न सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
नेपाल प्रहरी केन्द्रीय कार्यालयले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij