
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरमा १४ कात्तिकदेखि गाेदावरी फूलकाे प्रदर्शनी आयाेजना हुने भएको छ । पुष्प व्यवसायीहरुकाे छाता संस्था नेपाल फ्लाेरिकल्चर एसोसिएसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हाे ।
एसोसिएसनका अनुसार ललितपुरकाे जाउलाखेलस्थित फुटबल मैदानमा १४ कात्तिकदेखि १८ कात्तिकसम्म ५ दिन मेला आयाेजना हुनेछ । मेलामा ६२ वटा प्रदर्शनी कक्षहरु रहनेछन् ।
आयाेजकले प्रतियाेगितात्मक प्रदर्शनीमा ५ वटा प्रजातीका गाेदावरी फूलकाे प्रतिस्पर्धा हुने जनाएको छ । मेलामा १ कराेड रुपैयाँ बराबरकाे फूलको काराेबार हुने एसोसिएनकाे अनुमान छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij