
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज भएका छन् । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमापाँच दिनको उपचारपछि उनी डिस्चार्ज भएका हुन् ।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर)मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । यही कात्तिक ८ गते बिहान उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij