Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयघात

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयघात

  • काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

    images
    images
    images

    छाती दुख्यो भनेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई राति अस्पताल लगिएको थियो । अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ । 

    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij