
Jun 08 2025 | २०८२, जेठ २५ गते
सरिना महर्जन
ललितपुर । गोदावरी नगरपालिका १२ ठेचोमा गोदावरी हाटबजार शुरु भएको छ । स्थानिय बासिन्दाका अनुसार आइतबार साँझ शुरु भएको सो हाट बजारमा १ सयभन्दा धेरै व्यापारीले स्टल राख्न आएका थिए । गोदावरी उद्योग बाणिज्य संघले सो हाट बजार आयोजना गरेको हो ।
हाट बजारमा उपभोक्ताको घुइँचो लागेको थियो । स्थानीय उपभोक्ताहरु रातीसम्मै किनमेल गर्न व्यस्त थिए । सो हाट बजारमा स्थानिय उत्पादनका सामाग्रीहरु राखिएको थियो ।
साँझपख सञ्चालनमा आउने हाट बजार भएकाले कामकाजी स्थानीयलाई हाटबजार उपयोगी देखिएको छ । ठेचोमा शुरु भएको हाट बजारमा उपभोक्ताहरुको उत्साहजनक रुपमा सहभागीता रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij