
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । वीरगन्जमा आफ्नै घरमा एक महिलाको हत्या भएको छ । वीरगन्ज महानगरपालिका-१ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो ।
प्रहरीका अनुसार, शुक्रबार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर घाइते अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij