
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । चाडपर्वलाई लक्षित गरेर नेपाली जुत्ता चप्पल उत्पादक समूहले जुत्ता चप्पल मेला आयोजना गरेको हो ।
हिजोदेखि शुरु भएको मेला ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित कात्तिक ३ गतेसम्म चल्नेछ । मेला संयोजक होमनाथ उपाध्यायले स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको जनाए ।
मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उनले बताएका छन् । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने मेलामा जान पैसा तिनु पर्दैन । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij