
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आइपुगेको छ । सो टोली सोमबार बेलुका काठमाडौं आइपुगेको हो ।
उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई सो टोलीमा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले उनीहरूलाई स्वागत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij