Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

चितवन

ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किए

ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किए

  • काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन् ।

    images

    भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

    सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij