Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रहरीमाथि हातपात गर्ने ३ जना पक्राउ

प्रहरीमाथि हातपात गर्ने ३ जना पक्राउ

  • काठमाडौँ । पाँचखपनमा प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरीमाथि हातपात र दुर्व्वहार  गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् । पाँचखपन नगरपालिका–७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय बानाका प्रहरी हवल्दार सन्तोश राई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचार हुन नसकेपछि घाइते हवल्दार राईको थप उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बिहीबार पाँचखपन नगरपालिका–७ बिहीबार बजारमामादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटिएको थियो । तीनै जनालाई ७ दिन म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij