Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

स्टार हस्पिटलको आइपीओ खुल्दै !

स्टार हस्पिटलको आइपीओ खुल्दै !

  • ललितपुर । स्टार हस्पिटलले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हस्पिटलले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्टार हस्पिटल लिमिटेडले रु ४० करोड शेयर पूँजी बराबरको रु १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

    AGNI GROUP

    स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्टार हस्पिटल लिमिटेडले रु ४० करोड शेयर पूँजी बराबरको रु १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

    करिब ६९ करोड चुक्तापूँजी भएको यस हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार शेयरसहित रु ८५ करोड चुक्तापूँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी रु २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ । थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आइभीएफ सेवा र देशभरका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij