
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । रसुवामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेमा बस्दै आएका ६५ वर्षीय सुकलाल विकको कुटाइबाट ६० वर्षीया सीता विकको मृत्यु भएको हो ।
घरायसी विवादका क्रममा सुकलालले श्रीमतीलाई लठ्ठीले हानेका थिए । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij