
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । भारतको महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागको सहयोग लिएका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परिवारले उनलाई उठाउने कोसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई यो घटनाको जानकारी दिएका खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।
यद्यपि यस घटनाको क्रममा महिलालाई कुनै चोट नलागेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij