
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरमा कोशी प्रदेशको नाम खारेज गर्न मागसहित प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा आइतबार दिउँसो ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्याली निकालिएको हो ।
कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने उनीहरूले माग गरेका थिए । लिम्बुवान/किरात कायम गर भन्ने मूल नाराका साथ र्याली निकालिएको थियो ।
गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो । तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij