
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । गोदावरी नगरपालिका–२ का ३६ वर्षीय सुजन नगरकोटीलाई सो किशोरीलाई बलात्कार गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जंगलमा लगेर ती नगरकोटीले पीडित किशोरीलाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले बलात्कारको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो । उनीमाथि बलात्कारको कसुरमा जिल्ला आदलत ललितपुरबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij