Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सिँचाइ कुलोले बगाउँदा महिलाको मृत्यु

सिँचाइ कुलोले बगाउँदा महिलाको मृत्यु

  • काठमाडौं । कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीवार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

    images
    images
    images

    उनको शव झन्डै एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij