
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । आइफोन पुरस्कार जितेको भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका-८ का ३० वर्षका राजकुमार पण्डित र रौतहटको कटहरिया नगरपालिका- १ का उमेशकुमार यादव रहेका छन् ।
टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन देखाएको र भन्सार शुल्कवापत रकम पठाउनुपर्ने भन्दै बैंकमा पैसा हाल्न लगाएर ठगी गरेको आरोपमा प्रहरीको साइबर व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायका अनुसार उनीहरुले जमजम इलेक्ट्रोनिक्सले लक्की ड्र गर्दा आइफोन जितेको भन्दै एक महिलालाई भन्सार वापतको रकम पठाउनुपर्ने भन्दै आफ्नो बैंकखातामा रकम हाल्न लगाएका थिए ।
ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई भदौ ४ गते कुपण्डोलको गुसिंगालबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४९ लाख ९५ हजार रुपैयाँ नगद, ७ थान मोवाइल, १८३ थान सिमकार्ड र एउटा राउटर पनि बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij