
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ ।
सातदोबाटोस्थिति नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा सुरु भएको कार्यक्रममा एसिया हक्कीका डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् । उक्त कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ ।
कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षक अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे । यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुर्नउत्थान हुने उनले विश्वास पोखे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij