
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरमा नेवाः देय् दवू महालक्ष्मी नगर समितिको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
विजयकुमार महर्जनको अध्यक्षतामा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तुल्सी महर्जन, उपाध्यक्ष दायना ताम्राकार श्रेष्ठ, उपाध्यक्ष विनोद महर्जन, सचिवमा ज्ञानी महर्जन र मनोज महर्जन चयन हुनुभएको छ ।
त्यस्तै समितिको कोषाध्यक्षमा सजना सिंह डङ्गोल र सदस्यहरु कृष्णकुमारी महर्जन, उर्मिला महर्जन, सिद्धी महर्जन, निरण देवी मूस्याजु, भुवन महर्जन, कृष्ण महर्जन र मुकुल महर्जन रहनुभएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij