Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

धर्नामा बसेका निर्माण व्यवसायी पक्राउ

धर्नामा बसेका निर्माण व्यवसायी पक्राउ

  • ललितपुर । ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी पक्राउ परेका छन् । आज बिहान विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालसहित ४० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । महासङ्घका महासचिव दाहालले तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको जानकारी दिए । 

    images

    आफूहरूले गरेको कामको समयमा भुक्तानी दिन माग गर्दै निर्माण व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न ९ बुँदे माग राखेर महासङ्घ आन्दोलनमा उत्रिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij