
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने ५० वर्षीय विद्यानन्द राय रहेका छन् ।
आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार बिहानगम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले बताएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij