Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चिरिबाबुको राज्यमा चल्ने भयो साइकल

चिरिबाबुको राज्यमा चल्ने भयो साइकल

  • ललितपुर । ललितपुर महानगरपालिकाले साइकल चलाउन इच्छा भएका तर साइकल नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    साइकल यात्रीलाई प्रोत्साहन गर्ने सम्बन्धमा आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि आसानी मेदागन्गोडाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

    AGNI GROUP

    सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकालाई स्मार्ट शहर बनाउने योजनानुरुप मोबाइल एप्समार्फत साइकल प्रयोगकर्तालाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “साइकल चलाउन इच्छुक तर खरीद गर्ने क्षमता नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएका छौँ । महानगरपालिकाको वातावरण सुधारका लागि बढी समय साइकल प्रयोग गर्ने व्यक्तिको पहिचान गरी उपहारको व्यवस्थासमेत गर्नेछ ।” महानगरपालिकाले ‘ग्रीन गेम’ नामक परियोजनामार्फत विभिन्न ठाउँमा हरियाली प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउने उहाँको भनाइ छ । 

    युएनडिपीका प्रतिनिधि मेदागन्गोडाले सो अभियानले साइकल चलाउन रुचि राख्नेलाई प्रेरित गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भौगोलिक कठिनाइ हुँदाहुँदै पनि महानगरपालिकाले पहिलो चरणमा लगनखेल, मङ्गलबजार र पुल्चोक हुँदै कुपण्डोलसम्म १० किलोमिटर साइकल लेन बनाएर मुलुकमै उदाहरणीय काम गरेको छ ।” यो अभियानले शहरको वातावरण संरक्षण गर्नुका साथै आउँदो पुस्तालाई सुन्दरता कायम राख्न जिम्मेवार बनाउने विश्वास समेत उहाँले लिनुभयो । 

    महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले अब बन्ने दोस्रो चरणको साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब बन्ने लेनका लागि सम्बन्धित निकायसँग समेत छलफल भइसकेको छ ।”

    साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुपै चुनौती रहेको बताउँदै महानगरपालिकाले दोस्रो चरणअन्तर्गत अब २२ किलोमिटर लेन निर्माणको काम अघि बढाइने भएको जानकारी गराउनुभयो । साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले वर्तमान समयमा वायु प्रदूषण बढिरहेको हुँदा साइकल प्रयोगकर्ता बढाउनसके मानव स्वास्थ्य जोखिममुक्त हुने विचार व्यत्तः गर्नुभयो ।  
     
    कार्यक्रममा महानगरपालिकाले साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत रु ५० लाख र २०७६÷०७७ को बजेटमा पनि ५० लाख छुट्याएर काम गरिरहेको जनाइएको छ ।  महानगरपालिकाले साइकल लेन बनाउँदा समेतसाइकल ऐन भने हालसम्म बनाउन सकेको छैन । 

    यसैगरी महानगरपालिकाले एशियन विकास बैंक ९एडिबी० को रु ५४ करोड आर्थिक सहयोगमा वाग्मती नदी, शङ्खमूल, कुम्भेश्वर, महापाल, कुमारीपाटी, मङ्गलबजार, टङ्गाल र लगनखेलसम्म ट्रंक लाइन परियोजना अर्थात् भूमिगत तवरबाट बिजुली र टेलिफोनको तार, ढल र खानेपानीको व्यवस्थापन गर्न थालिसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij