Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । बालुवाटारको जग्गा प्रकरणका निर्णय कर्ता पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि सर्वोच्च अदालतले अनुसन्धान गर्न फैसला दिए लगत्तै नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन्।
प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
निजी सचिव मोहन गौतमका अनुसार आगामी भदौ १ गते अध्यक्ष नेपाल स्वदेश फर्किने कार्यक्रम रहेको छ । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले सम्हाल्ने जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij