
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काठमाडौँको तारकेश्वर चो गाउँमा पहिरोले पुरिएर वावु र छोरीको मृत्यु भएको छ भने आमा घाइते छिन् । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ५ चो गाउँमा शनिवार राति पहिरोमा परेर ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको हो ।
घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । शनिबार राति करिब ९ बजे घर माथिबाट खसेको पहिरोले आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij