
Apr 22 2025 | २०८२, वैशाख ९ गते
दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले दुग्ध व्यवसायीहरुलाई करको दायरामा ल्याएपछि विवाद उत्पन्न भएको छ । यही आर्थिक बर्षबाट गाउँपालिकाले दुध व्यवसायमा संलग्न व्यापारीलाई १० पैसा र स्थानीय दुग्ध एजेन्टलाई १० पैसा गरी प्रतिलिटर २० पैसा कर संकलन गर्ने निर्णयपछि विवाद उत्पन्न भएको हो । स्थानीय दुग्ध व्यवसायमा लागेका सरकारले किसानलाई अनुदान दिएर प्रोत्साहन गरिरहेको अवस्थामा स्थानीय सरकारले कर लगाएको भन्दै विरोध गरेका हुन् ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै कर लगाएको बताउँदै गाँउपालिका अध्यक्ष गणेश केसीले करको विषयमा राजनीतिक खेल भएको आरोप लगाए । उनले भने, ‘हामीले किसानलाई कर लगाएका होइनौ । दुध बेचेर कमाई गरिरहेका व्यापारीहरुलाई करको दायरामा ल्याएका हौं । व्यवसाय गर्नेले कर तिर्नुपर्छ ।’
उनका अनुसार गाउँपालिकाले अव सबै व्यावसाय गर्ने व्यवसायीहरुलाई करको दायरामा ल्याउन दर्ता अभियान संचालन गर्दैछ । दुग्ध व्यवसायपछि अव तरकारीको व्यवसाय गर्ने व्यापारीहरुलाई करको दयरामा ल्याउन गाउँपालिकाले योजना बनाइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij