
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ‘समाजवादको ग्यारेन्टी केले सुरक्षित गर्छ रु’ भन्ने सन्दर्भमा बृहत् बहस गर्नेबेला भएको बताएका छन् । सोमबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“अब हामीले समाजवादको ग्यारेन्टी केले गर्छ, भ्रष्टाचारमुक्त समाजको ग्यारेन्टी केले गर्छ त्यतातर्फ बहस मोड्नुपर्यो । समाजवादको यात्रा ठिकसँग अघि बढाउनलाई स्वयम् पार्टीलाई नै भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्छ,” उनले भने ।
उनले नेपालका कम्युनिष्टहरू ‘कमाएको भन्दा बढी खाने’ भएको बताए । “हामी को-को कमाएको भन्दा बढी खानेछौँ । त्यो कुरा पार्टीमै छलफल हुनुपर्यो,”उनले भने, “अन्ततस् त्यसलाई दलाल पुँजीवादले किनिछाड्छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij