
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । आज सत्तारुढ नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सभालाई सम्बोधन गर्दैछन् ।
नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली काठमाडौंबाट धनगढीतर्फ प्रस्थान गरेका छन् ।
ओली धनगढी जाने भएपछि सभास्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यस्तै ओलीले सम्बोधन गर्ने सभामा कालो मास्क लगाउन समेत प्रतिवन्ध लगाइएको छ ।
प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली उपत्यका बाहिर पहिलो पटक गएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij