Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

  • काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । 

    images
    images
    images

    महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिनुभयो । “कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो”, उहाँले भन्नुभयो । 

    स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताउनुभयो । कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जित्नुभएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij