
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्षमान २ वटा केन्द्रीय समिति बैठक उपत्यकाबाहिर गर्ने प्रस्ताव गरेका छन् । ११ महिनापछि मङ्गलबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् ।
“हरेक २र२ महिनामा बैठक गर्नुपर्छ विधानअनुसार । असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव छ । वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर गर्ने प्रस्ताव छ,” उनले भने ।
कांग्रेसको विधानमा भने हरेक २र२ महिनामा केन्द्रीय समिति बैठक बस्ने उल्लेख छ । तर, यो बैठक भने ११ महिनापछि बसेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij