Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सरकारविरुद्ध जसपाले गर्‍यो चरणवद्ध प्रदर्शनको घोषणा

सरकारविरुद्ध जसपाले गर्‍यो चरणवद्ध प्रदर्शनको घोषणा

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध जनता समाजवादी पार्टी नेपालले चरणवद्ध विरोध कार्यक्रम गर्ने भएको छ ।

    images
    images
    images

    पुस २५ देखि माघ ७ सम्म ओली नेतृत्वको सरकारविरूद्ध देशका प्रमुख शहरहरूमा जसपाले प्रदर्शन तथा सभा गर्ने भएको हो ।

    जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनका बारेमा जानकारी दिएका छन् । देशका विभिन्न प्रमुख शहरहरुमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    पुस २५ गते विराटनगरमा कार्यक्रम हुनेछ जसमा पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहनेछ ।

    त्यसै दिन धनगढी र भैरहवामा पनि कार्यक्रम हुनेछ। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

    त्यस्तै माघ ७ गते भने सम्पूर्ण जिल्ला सदरमुकामलगायत प्रमुख शहरहरूमा जसपाको प्रदर्शन तथा विरोध कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij