Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य घट्यो, चाँदी स्थिर

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुन तीन सय रुपैयाँले  घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    images
    images
    images

    यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
    सुनको मूल्य घटेपनि चाँदी भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij